उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई निर्वाचन आयोगकाे निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो ।

‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिर्नेशन दिइएको छ,’ आयोगले भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्