गठबन्धन विरुद्ध उम्मेदवार बनेकालाई ५ वर्षका लागि निष्काशन गर्ने काँग्रेसको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज । नेपाली काँग्रेसले आगामी निर्वाचनमा गठबन्धन विरुद्ध उम्मेदवारी दिएकालाई कारवाही गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका तथा उनीहरूका प्रस्तावक र समर्थक बनेकालाई काँग्रेसले पार्टीबाट निष्काशन गरेको हो ।

सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार विरुद्ध उत्रिएका उनीहरूलाई ५ वर्षका लागि निष्काशन गरिएको काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिनुभयो ।

यसअघि सत्ता गठबन्धनका शिर्ष नेताहरूले गठबन्धनका आधिकारिक उम्मेदवारका विरुद्धमा दर्ता गरेका सबै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्