एनएसएलमा बुटवल लुम्बिनी एफसीकाे पहिलो जित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर । नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले पहिलो जित निकालेको छ ।

आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा बुटवलले स्पोर्टिङ इलामलाई २–१ गाेल अन्तरले हरायाे । निकै रोमाञ्चक खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । 

दाेस्राे हाफकाे शुरुमै बुटवलले अग्रता लियाे । खेलकाे ४९ औँ मिनेटमा जिलेस्पी जङ्ग कार्कीले दिएकाे पासमा बिनाेङले गाेल गरे । खेलकाे ७८ औँ मिनेटमा इलामका सन्तोष खत्रीले बक्स बाहिरबाट गरेकाे प्रहार क्रसबारमा लागेर फर्किएपछि रिबाउन्डमा अब्डुल्ज बाले गाेल गर्दै टाेलीलाई १–१ काे बराबरीमा ल्याए । तर खेलकाे ८८ औँ मिनेटमा भने एरिक विष्टले फ्री–किकमा उत्कृष्ट गोल गर्दै बुटवलकाे जित सुनिश्चित गरे । झन्डै ३५ यार्ड टाढाबाट एरिकले बायाँ कर्नरमा प्रहार गरेकाे बल इलामका गाेलकीपर विकेश कुथुले बचाउने प्रयास गरे पनि गाेल टार्न सकेनन् ।

जितपछि बुटवलले ३ खेलमा ३ अङ्क जाेडेकाे छ । इलामले पनि ३ खेलमा ३ अङ्क नै जाेडेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्