अर्घाखाँचीमा हरिप्रसाद भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घाेषणा

न्युज कारखाना
  • ख-
  • ख+

र्घाखाँची, २२ असाेज ।

एउटा मात्र निर्वाचन क्षत्र रहेकाे अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यकाे लागि स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् ।

लामाे समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसालले स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरुमा सक्रिय छन् ।

भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा हाेमिएकाे भुसालले बताएका छन् । ‘भ्रष्टाचार र अनियमितताकाे विरुद्ध मेराे उम्मेदवारी हाे,’ भुसालले भने ‘राजनीतिलाई पेशा बनाएर लुट तन्त्र मच्याउनेहरूलाई याे पटक जसरी पनि राेक्नुपर्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्