देशभरका ११ वटा भन्सार कार्यालयबाट निर्यात शून्य

खबर बुक
  • ख-
  • ख+

असोज २१, काठमाण्डौ । नेपालका ११ वटा भन्सार कार्यालयबाट निर्यात हुने दर शून्यमा झरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको २ महिनामा नेपालका ११ वटा भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात नभएको देखिएको हो ।

विभागका अनुसार दुई महिनाको अवधिमा रसुवा, तातोपानी, सुनसरी, गौर, जनकपुर, महेश्वर, सती, भद्रपुर, सिराहा, ठाडी र राजविराज भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात हुन सकेको छैन ।

देशभर २६ वटा भन्सार कार्यालय छन् । उक्त भन्सार कार्यालयबाट गत २ महिनामा २ खर्व ७३ अर्ब ५९ करोड बरावरको सामान आयात भएको छ । तर, नेपालले अधिकांश भन्सारबाट वस्तु आयात गर्दा नेपालबाट भने करिब आधा भन्सार कार्यालयबाट मात्रै निर्यात हुनेगरेको छ ।

गत २ महिनामा २८ अर्ब ६८ करोड रूपैया बराबरको मात्रै निर्यात भएको भन्सार विभागका सुचना अधिकारी पुन्य विक्रम खड्काले  बताउनुभयो । वार्षिक रूपमै पनि नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यात निकै कमजोर छ ।

नेपालले गत वर्ष मात्रै १९ खर्ब बराबरको वस्तु आयात गर्दा नेपालबाट भने २ खर्ब मूल्य बराबरको कस्तु निर्यात गरेको थियो । नेपालले २१ खर्बको वैदेशिक व्यापार गर्दा ९ वटा भन्सार कार्यालयबाट वस्तु निर्यात हुन सकेको थिएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्