गठबन्धनको बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

असोज २०, काठमाण्डौ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडका बारेमा छलफल गर्न सरकारमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ ।

आजको बैठकमा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको केही सिटको बारेमा थप छलफल भएपछि सहमतिपत्रमा हस्ताक्षर गरिने छ ।

सरकारमा रहेका दलहरूले सिट वितरणमा सहमति नगर्दा नेकपा एमालेले चुनावी तालमेलका लागि दलहरूसँगको संवादलाई निरन्तरता दिए पनि कुनै निर्णय गरेको छैन ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमालेसँग आफूहरूको निरन्तर छलफल भइरहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्