उपचारका क्रममा बिरामिकाे मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

खबर बुक
  • ख-
  • ख+

उपचारका क्रममा बिरामिकाे  मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् ।

अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

हिजोे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो ।

हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए ।

मृतक रमेशका ज्वाइँ सागर कुँवरले चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै छानबिनको माग गरिएको बताएभयाे ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बिरामी आउँदा नै मल्पिटल सिण्ड्रोमसहित आएको र कुँवरलाई बचाउने अनेकन प्रयास गर्दागर्दै ‘सेप्टिक सक’ भई निधन भएको बताउनुभयाे ।

देवकोटाका अनुसार बिहान रगतमा संक्रमण फैलिसकेको अवस्थामा आएका कुँवरलाई दिउँसो १२।१५ बजे आईसीयूमा राखेर उपचार गरिएकोमा साँझ सवा ५ बजे मृत्यु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्