उत्कृष्ट सञ्चारकर्मीको रुपमा चन्द्रमणि गौतम सम्मानित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ असोज ।  उत्कृष्ट सञ्चारकर्मीको रूपमा चन्द्रमणि गौतम सम्मानित हुनुभएकाे छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा  लोक दोहोरीमा निरन्तर सेवा गरे बापत  ११ हजार १ सय ११ नगद राशि सहित उत्कृष्ट सञ्चारकर्मीको रूपमा  गौतम लाई सम्मान गरिएको हाे  ।

सोही कार्यक्रममा प्रत्यक्ष दोहोरीकि पुरानो गायिका सिबु गिरि ,बलवीर थापा र वर्ष गायक र गायिकामा खेम सेन्चुरी र शान्ति श्री परियार लाई सम्मान गरिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको अध्यक्ष रिता थापा मगरले जानकारी दिनुभयो ।

अध्यक्ष थापा मगरले प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष एवम् प्रतिनिधि पर्यवेक्षकहरुको संस्थागत चिन्तन, चिन्ता, चासो अनि संस्थागत विकासको हुटहुटी देख्दा आत्म गौरव महसुस भएको बताउनुभएको छ । संस्थाको आन्तरिक विकास, सामाजिक उत्तरदायित्व, विधि९विधान, ऐन नियम, परम्परा, संस्कार र भविष्यका सम्बन्धमा समेत महत्त्वपूर्ण छलफलले प्रतिष्ठान थप प्रज्वलित बाटोमा लम्किरहेको भान आफुलाइ  भएको पनि उहाँले बताउनुभएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्ष दुर्गा रायमाझी, पूर्व अध्यक्ष चन्द्र शर्मा ,इन्द्रेणी कार्यक्रम का सन्चालक इन्द्रेणी सास्कृतिक समाजका अध्यक्ष कृष्ण कडेल, नारायण रायमाझी सल्लाहकार पृथ्वी थकाली ,रमेस बाबू श्रेष्ठ ,राम चन्द्र कोइराला,सर्मिला गुरुङ,मिलन लामा,नवीन पौडेल ,इन्द्र जि सि लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्