
काठमाडौं, १६ असोज । भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् ।
श्रद्धालु बोकेको ट्याक्टरको ट्रली घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।