आज गणेशमान सिंहको २६ औँ स्मृति दिवस, कांग्रेस नेता सिंह द्धारा गणेशमान सिंहको शालिकमा माल्यापर्ण

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताउनुभएको छ ।

मंगलवार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६ औँ स्मृति दिवसको अवसरमा उहाँको शालिकमा माल्यापर्ण गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताउनु भयो ।

उहाँले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताउनु भयो । नेता सिंहले पार्टी भित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रिय समितिले गरेको निर्णय आधिकारिक हुने बताउनु भयो ।

नेता सिंहले संविधानको भावना र मर्मअनुरुप चाँडो भन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्