जात्रा र जात्रै जात्रा पछि अब महाजात्रा, रिलिज डेट चैत ९ गते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । चलचित्र  ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ ।

यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ सुपरहिट भए पछि निर्माण पक्षले आज ‘महाजात्रा’ को रिलिज डेट घोषणा गरेको हो ।

 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने भएका छन । साथै, कार्कीसँग रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने निमार्ण पक्षले जनाएको छ ।

 

कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्र दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेलले निमार्ण गर्ने भएका हुन ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्