‘चाहियो काठमाडौंमा घर’ जानकी पन्थ

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, भदौ ८ । महिलाहरुको महान चाँड हरितालिका तीज नजिकंदै गर्दा नयाँ नयाँ गीत सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । कलाकारहरुले विभिन्न लय र भाकामा सन्देशमूलक तीजगीत निकालिरहेका छन् ।

गीतकार÷संगीतकार जानकी पन्थले पनि नयाँ तीज गीतको संगालो ‘चाहियो काठमाडौंमा घर’ बजारमा ल्याउनुभएको छ । उहाँको गीति एल्बमको काठमाडौंमा रिलिज गरिएको छ ।

पन्थले केही पृथक र सबैले भोगेको साझा समस्यालाई गीतमा ढाल्ने प्रयास गर्नुभएको छ । पहाडतिरबाट मानिसहरु अवसर खोज्दै काठमाडौं लगायतका सहरमा भौतारिनुपरेको, जसका कारण गाउँको विकास समेत पछाडि परेको, नागरिकले समेत अवसर नपाएको जस्ता विषयलाई उजागर गरी उहाँले आफ्नै गाउँ फर्कनुपर्छ भन्ने सन्देश गीतमार्फत दिनुभएको छ ।

गाउँको विकास भए सहर बजारतिर झरेका मानिसले पनि आर्थिक रुपमा प्रगति गर्न सक्ने र घर किन्ने सोंचलाई साकार बनाउन सकिने उहाँको गीतको सन्देश रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्