पूर्वराष्ट्रपति भण्डारी ‘बगान’ हेर्न हलमा, राजनीतिकदेखि कलाकारसम्मले गरे ’बगान’को प्रशंसा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ साउन । गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ हेर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हलमा पुगेकी छन् ।

सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्स सिनेमा हलमा मंगलबार राति पूर्वराष्ट्रपति भण्डारीसहित राजनीतिक दलका नेताहरु, वरिष्ठ कलाकार, साहित्यकार, विश्लेषकलगायतले बगान हेरेका हुन् ।

अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्वराष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिइन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जुन विषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सोही विषय ‘बगान’ले उठाएको बताए । पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्रि मनले आफुसँग सम्बन्धित् एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै उनले सोही विषयलाई सशक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको बताए ।

पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैँ पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताइन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्