ईयुले रुसमाथि थप प्रतिबन्ध लगाउने

खबर बुक
  • ख-
  • ख+

लन्डन, ६ असोज । युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ ।

युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका  विदेश नीति प्रमुखले जानकारी दिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय गरेका जानकारी दिए । युरोपेली युनियनका मन्त्रीहरू युक्रेनलाई थप हतियार आपूर्ति जारी राख्न पनि सहमत भएका पनि उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्