
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले पाकिस्तानमा बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन् ।
राष्ट्रसङ्घका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेङ्गी, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताउनुभयो ।
पाकिस्तानमा मनसुनी वर्षाका कारण एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६ सय जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
सत्तरी लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।