सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ असोज ।  सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता भएको छ । युवा तथा खेलकूद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र  नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रमलाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको स्काउटका संयोजक भण्डारीले बताए ।

खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै  संयोजक भण्डारीले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्