वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुग्याे- इश्वर पोखरेल

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताउनुभएको छ ।

सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताउनुभएको हो ।

उहाले राजनीतिक दलहरुमा पनि बिकृति पैदा भएकाले खवरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो । मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उहाको भनाई छ । उहाले दलिय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गर्नुभयो ।

त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताउनुभयो । उहाले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले आतंकको रुपमा नभई सचेतना फैलाउदै सार्वजनिक सम्पतीको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्