पराष्ट्रमन्त्री राई र भारतीय विदेश सचिव क्वात्रा बिच भेटवार्ता

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १ फागुन । पराष्ट्रमन्त्री विमला राई पौड्याललाई  भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेट्नुभएकाे छ  ।

नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आएका उनले पराष्ट्रमन्त्री राईसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशको हित र आपसी चासोको विषयमा छलफल भएको छ ।

सोमबार काठमाडौं आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्