काठमाडौं, १ फागुन । अमेरिकाकी उप सहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आउनुभएकाे छ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप सहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौं आउनुभएकाे हाे । भ्रमणका क्रममा उहाले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुने छ ।
भेटमा उहाले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।






