म्यानचेस्टर युनाइटेडकाे इंग्लिस प्रिमियर लिगमा सहज जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, १ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  सहज जित हात पारेको छ ।

युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो, जसमा खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एकएक गाेलकाे याेगदान गरेका थिए । एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलकाे ८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । त्यस पछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ ।  पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्