कर्णालीमा आज मुख्यमन्त्रीसहित थप तीन मन्त्रीकाे शपथ

खबर बुक
  • ख-
  • ख
  • ख+

सुर्खेत, २८ पुस । कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गाेपनीयता शपथ  लिँदै हुनुहुन्छ । आज अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गाेपनीयताकाे शपथ  लिने कार्यक्रम रहेकाे छ ।

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले आज  शपथ लिनुहुनेछ । मन्त्रालयकाे विषयमा छलफल सुरु भएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्