पश्चिम नवलपरासीमा पाँच शव फेला

खबर बुक
  • ख-
  • ख+

नवलपरासी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताए ।

थापाले महिला बिहान ८ः०० बजेसम्म नारायणी नदीको बी.गैप बाँध ठोकर नं १४ मा तीन वटा, ठोकर नं ७ मा एक वटा र बीचमा एक वटा गरी कुल पाँच वटा शव फेला परेको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्