प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास गर्नुभएकाे हाे । उक्त आयोजना अन्र्तगत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्र्तगतका मूख्य सडकहरु विजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ । शिलान्यास कार्यक्रमपछि बोल्दै प्रचण्डले भरतपुरबाट देशभर विकास र समृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताउनुभयाे ।
करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने आयोजना निर्माणको जिम्मा श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ । उक्त आयोजनाको सम्झौता २०२२ जनवरी २० तारिखमा भएको थियो ।
शिलान्यास कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल सहभागी रहनुभएकाे थियाे ।
न्युज कारखाना