साउदीमा नेपाली कामदारको समस्या समाधान गर्न थप एकजना कर्मचारी खटाइने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ भदौ । साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ ।

साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

साउदीमा रहेका नेपाली कामदारको संख्या मध्ये पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासामा मात्रै झण्डै आधाजसो नेपाली कामदारहरू रहेका छन् ।

‘तसर्थ, आगामी १ कार्तिक २०७९ देखि साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानको लागि थप एकजना कर्मचारी खटाइने व्यहोरा जानकारी गराइन्छ ।  कार्तिक १ गते उप्रान्त पूर्वी क्षेत्रमा दूतावासका २ जना कर्मचारीहरू रहनेछन्,’ दूतावासले जनाएको छ ।

सोपश्चात् पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा दूतावासले गरेको छ ।

पूर्वी क्षेत्रमा रहेको नेपाली कामदारहरूको संख्या र समस्यालाई मध्यनजर गरेर दूतावासले पूर्वी क्षेत्रको लागि विगत लामोअवधि देखि छुट्टै एकजना कर्मचारी खटाउँदै आएको थियो ।

पूर्वी क्षेत्रमा अर्को एकजना कर्मचारी व्यवस्था गर्नका लागि राजदूतावासले धेरै अघिदेखि प्रयास गरिरहेको थियो । परिणामस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट दूतावासको लागि थप एकजना कर्मचारीको व्यवस्था गर्ने भएपछि दूतावासले उक्त घोषणा गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्