अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।

सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ ।

आक्रमणमा घाइते भएका एक बालकसहित आठ जनालाई अस्पताल लागिएको सिएनएनले उल्लेख गरेको छ ।

अहिलेसम्म आक्रमणको कारण बारे अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ । 

Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्