बेलायतसँग त्रिपक्षीय वार्ता : भूपूगोर्खाकाे पेन्सनबारे प्राविधिक विषयमा छलफल

खबर बुक
  • ख-
  • ख+

लन्डन, १५ मंसिर । भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बेलायत-नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा नेपाली दूतावास र बेलायतका रक्षा मन्त्रालयका पदाधिकारीहरू एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागिता थियो । भूपू गोर्खाहरूको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट जुदबहादुर गुरुङ, टिकेन्द्र दल देवान, उदयबहादुर गुरुङ तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारीहरू सहभागी थिए । बैठकमा बेलायतस्थित रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्