युरोपको रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशतसम्म कर लगाउने अमेरिकाको चेतावनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) बाट आयात हुने रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन । अमेरिकी उत्पादनमा ईयूले लगाएको करको बदलामा ट्रम्पको चेतावनी आएको हो ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपको रक्सीजन्य उत्पादन आयातमा नयाँ करवृद्धिको घोषणा गरेकाे बीबीसीले जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ईयूले कर वृद्धि तत्काल नहटाए अमेरिकाले चाँडै नै फ्रान्स र अन्य प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै रक्सिजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने घोषणा गरेका छन ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र व्यापार साझेदार देशहरुमा समेत व्यापार युद्ध शुरू गरेकाे विश्लेषकहरुले बताउँदै आएका छन् ।

व्यापार र अन्य नीतिगत मुद्दाहरूमा विभिन्न देशहरूलाई दबाब दिने उपायका  रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आएका छन । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्