राष्ट्रिय सभा बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।

राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।

बैठक भदौ १७ गते शुक्रबार अपराह्न २: ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो ।

उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्