भारतमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २६ घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , पुष १२ । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चारजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।

राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा बस दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्