गायिका सुमी पराजुलिको चुम्मा चप्पकैले बजार तताउँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ३० चैत । गायक वसन्त थापा र गायिका सुमी पराजुलीकाे स्वरमा रहेको नयाँ गीत ‘चुम्मा चपक्कै…’ ले अहिले बजार तताइ रहेको छ ।

केही समय अघि सार्वजनिक भएको यो गीतको भिडियो द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको छ । भिडियोमा गम्भीर विष्ट र गरिमा शर्माको अभिनय रहेको छ ।

गम्भीरकै निर्देशन रहेको भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायाङ्कन, प्रवीण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ ।

गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको सङ्गीत र जीवन बडुको मिक्सिङ र मास्टरिङ रहेको छ ।

गायिका सुमी पराजुली नेपाली गायनमा सम्भावना बोकेकी गायिका हुन् भने गायक वसन्त थापा विशेषतः नेपाली लोकगीतमा परिचित नाम हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्