१३ फागुन, काठमाडौं । रोयल मुभिज प्रा.लि. र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण हिजो राष्ट्रिय नाचघरमा एक कार्यक्रमका बीच सम्पन्न भएृको छ ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले कलाकारहरुलाई सम्मान पत्र तथा अवार्ड वितरण गर्नुभएको थियो ।
रोयल मुभिज प्रा.लि. र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड केही समय पहिले दुबईमा सम्पन्न भएको थियो । बिबिध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरुलाई शनिबार अवार्ड तथा सम्मान प्रदान गरेको छ ।
आयोजक संस्थाले दुबईमा संकलन गरेको तीस हजार नगद रुकुम जाजरकोट–रुकुम पश्चिम भूकम्प पिडितहरुका लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक सेवा समाजका प्रकाश पुरी, कल्पना के.सि. लगायत र रोयल मुभिज प्रा.लि.ले उक्त रकम उपलब्ध गराएको हो ।

नमोबुद नगरपालिका नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता, विशेष अतिथिमा नमोबुद्ध नगरपालिकाको प्रमुख प्शासकिय अधिकृत इश्वरी प्रसाद शर्मा, कलाकार पल्पसा डंगोल, लोृक काँठे गीतका गायक तथा सर्जक धुव्रराज खड्का, कलाकार उत्तम केसी रहेका थिए भने अतिथिहरुमा तारकेश्वर नगरपालिका वडा नं. १ का सचिव शर्मिला पौडेल, समाजसेवी उर्मिला भुर्तेल, मेनुका ठकुरी लगायतको सहभागिता रहेको थियो । र आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पनन भएको थियो ।
कार्यक्रममा ज्योति फिल्मस् म्युजिक अवार्डका सल्लाहकार जर्नादन फुयाँलले स्वागत मन्तव्य राखेका थिए । अवार्ड तथा सम्मान पाउने कलाकारहरुमा लोक काँठे गायिका पावर्ती कार्की, राम सुन्दर थामी आधुनिक गायक, रमला पाख्रिन तामाङ्ग, पप गायिका, पक राना मगर – गीतकार (प्रोत्साहन), सुमन बि.टी.– लोकदोहोरी नव गायक, तेज मान तामाङ्ग – भाषाभाषी (मेन्दोमाया गीतकार), जनस्वास्थ्यकर्मी तथा गीतकार अरुण कुमार गिरी र विकाश बिश्वकर्मालाई– कला सम्मान, चन्द्र कुमार दोङ्ग – बिशेष सम्मान, सानुकाजी श्रेष्ठ – पत्रकार सम्मान, शिवराम भण्डारी – संचारकर्मी सम्मान, चन्द्रमणी गौतम – संचारकर्मी सम्मान, दिनेश भण्डारी – मोफसल पत्रकार सम्मान, नवराज हुँमागाँई – पत्रकार सम्मान, हनुमान यस्माली (सुदिप) – कला सम्मान, हरि शरण फुयाल – ब्यबसायी सम्मान, जयराज भट्ट – कला सम्मान, सूर्य तामाङ – कला सम्मान, तारकेश्वर लोक खैँजडि भजन समुह – कदर–पत्र, राजन चौलागाँई (खैराँते) – कला सम्मान, रमेश श्रेष्ठ – कला सम्मान, सुष्मा तयामि – फेसन डिजाईनर रहेका छन् भने अवार्ड बिजेताहरुः अमृत चापागाँई – भिडियो सम्पादक, अमृत पुडासैनी – काठे नव मोडल पुरुष, बिजय पुन – लोकदोहोरी मोडल, बिक्रम गौतम – मेकअप आर्टिस, बिनोद सुन्दास – भिडियो निर्देशक, गणेश सेञ्चुरी – लोकदोहोरी गायक, गंगा राम राई – भिडिया छायाँकार, कल्पना पराजुली – लोकदोहोरी गायिका ९जुरी०, भ्याली कोल्ड स्टोर – सम्मान पत्र, करिष्मा ढकाल – मोडल महिला, कृष्ण दोङ्ग तामाङ्ग – भाषभाषी (सेलो पप गायक), एलिना चौहान – आधुनिक गायिका, कृष्ण रसाल – नृत्य निर्देशक रहेका छन् । त्यसैगरी निर्णायकहरुमा अर्जन पाण्डे, गिता भटटराई, राजु शर्मा, राकेश सोनी, उत्साह घिमिरे रहेका थिए ।











