पत्रकारमाथिको गालीगलाैज र आक्षेप प्रति लोक सञ्चारकर्मी नेपालको ध्यानाकर्षण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ माघ ।  संगीतकार तथा गायक राजेन्द्रकुमार कार्कीले पत्रकारमाथि गरेको गालीगलाैज र आक्षेप लगाउँदै बेइज्जत गरेकोमा गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले जनाएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका कोषाध्यक्ष समेत रहेका शरणकुमार हुमागाईले सञ्चालन गरेको रेडियो आहा १०४.५ मेगाहर्जमा देउराली नामको कार्यक्रममा बुधबार साँझको अन्तर्वार्तापछि संगीतकार कार्कीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सञ्चारकर्मी हुमागाईमाथि विभिन्न गालीगलाैज र आक्षेप लगाउँदै स्टाटस लखेका थिए ।

कार्कीको सोही गालीगलाैज र आक्षेपको विषयमा आज लोक सञ्चारकर्मी नेपालले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले सञ्चारकर्मी हुमागाईलाई ‘पागल’, ‘ब्वाँसो’, बहिष्कार गरौँलगायत शब्द लेखेका थिए ।

हाल कार्कीको फेसबुकमा उक्त स्टाटस हटाएका छन । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले कार्कीको उक्त प्रहार हुमागाईमाथि मात्रै केन्द्रित नभएर सम्पूर्ण पत्रकार एवं सञ्चारकर्मी जगतमाथि भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्कीको लेखविरुद्ध राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको विज्ञप्तिमा भनिएको छ, ‘ 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्