यस बर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २९ पुस । यस बर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको हो ।

त्यस्तै प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रज्ञा प्रतिष्ठानले पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्