४० दिनमा रणवीर कपुरको एनिमल ९०० करोडको क्लबमा

खबर बुक
  • ख-
  • ख+

मुम्बई, २६ पुस । रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भैसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ । 

पहिलेको तुलनामा फिल्मको दैनिक कलेक्सनमा ठूलो गिरावट आएपनि रणवीर कपुरको ‘एनिमल’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै गएको छ । जान्नुहोस् यो फिल्मले हालसम्म विश्वभर कति करोडको व्यापार गरेको छ ।

डंकी र सालार जस्ता ब्लकबस्टर फिल्महरूको बीचमा रणवीर कपूरको ‘एनिमल’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। सकनिल्कको रिपोर्टका अनुसार रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा ९०० करोडको विश्वव्यापी कलेक्सन गरेर इतिहास रचेको छ । यी ४० दिनको कमाईको तथ्याङ्क हुन्। रणवीर कपुरले फिल्म ‘एनिमल’ मार्फत यो ठूलो कीर्तिमान आफ्नो नाममा बनाएका छन् । 

रणवीर कपुरको ‘एनिमल’ ले भारतमा पनि राम्रो कमाइ गरिरहेको छ । सकनिल्कका अनुसार फिल्मले पछिल्लो ४० दिनमा भारतमा ५५१.२१ करोड कमाएको छ ।  ‘पठान’ र ‘गदर २’ को कमाईको रेकर्ड पनि एनिमलले भारतमा राखेको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार किंग खानको ‘पठान’ ले ५४३.०५ करोड र सनी देओलको  ‘गदर २’ ले ५२५.४५ करोडको व्यापार गरेको थियो । अब घरेलु बक्स अफिसमा ६४३.८७ करोड कमाउने शाहरुख खानको ‘जवान’को रेकर्ड ‘एनिमल’ले तोड्छ कि सक्दैन ? त्यो हेर्न बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्