किरणबाबु पुनको ‘पिपल बोट मुनी’ बोलको गीत सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौ., असोज १० । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार किरणबाबु पुनको आवाजमा ‘पिपल बोट मुनी’ बोलको गीत सार्वजनिक भएको छ ।

किरणबाबुकै शब्द तथा सुमधुर संगीतमा तयार भएको गीतको संगीत संयोजन कमल सौरागले गर्नुभएको हो । शंकरा डिजीटलमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई खड्ग बहादुर पुन खबपुले निर्देशन गर्नुभएको छ । गायक तथा मोडल राम्जी खाँड र मोडल करिश्मा ढकालको अभिनय रहेको सो गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।

लयमा विविधता खोजेर केहि फरक गर्ने कोशिस गरेको कुरा गायक तथा सर्जक किरणबाबु पुनले गजब छ संगको कुराकानीमा बताएका छन् । राजकुमार मगरले भिडियो सम्पादन गरेको उक्त गीतलाई किरणबाबु पुनको युटुब च्यानलबाट दर्शक श्रोता माझ ल्याइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्