तनहुँ बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

न्युज कारखना
  • ख-
  • ख
  • ख+

तनहुँ, २८ माघ । बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग १ ख ६३०७ नं. को बसले ठक्कर दिँदा विकको मृत्यु भएको बताए ।

शनिबार बिहान पैदल हिँडिरहेका विकलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

विकको  उपचारको क्रममा चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्