काठमाडौं, २६ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन्।
बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दसौंदी नेपाली कांग्रेसका माधव आचार्यलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी चार हजार २६ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।








