रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् ।

तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।

उनले भनेका छन्– ‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्।

यी पर्वले परिवार, समाज र समुदायबिचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबिचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन्।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्