काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा भव्य समारोहका बीच आयोजित अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका हुन् । उद्घाटन समारोहअघि बटुकहरूबाट स्वस्तिवाचन गरिएको थियो भने देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले विभिन्न सांस्कृतिक झाँकीसहित र्याली निकालेका थिए ।
अधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति देउवासहित नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको छ ।







