नोभेम्बर ३ मा विश्वः सोभियत संघद्वारा ‘स्पुतनिक २’ मार्फत लाइका कुकुर अन्तरिक्षमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, १७ कार्तिक । नोभेम्बर ३ तारिखमा विश्व इतिहासमा घटेका केही प्रमुख राजनीतिक, ऐतिहासिक तथा अन्तर्राष्ट्रिय घटनाहरू घटेका छन, जसमध्ये  १९५७ नोभेम्बर ३ मा सोभियत संघले ‘स्पुतनिक २’  अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गर्‍यो। यो मानव इतिहासमै पहिलो पटक जीवित प्राणी ‘लाइका’ नामक कुकुरलाई अन्तरिक्षमा पुर्‍याउने मिसन थियो, जसले अन्तरिक्ष विज्ञानको इतिहासमा ठूलो फड्को मारेको थियो।

पनामाको स्वतन्त्रता (१९०३) : यसै दिन पनामाले कोलम्बियाबाट आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा अलग भएको घोषणा गर्‍यो। संयुक्त राज्य अमेरिकाको कूटनीतिक तथा सामरिक सहयोगमा पनामाले स्वतन्त्रता प्राप्त गरेको थियो, जसले पछि ‘पनामा नहर’ निर्माणको बाटो खुलाएको थियो।

सोभियत संघद्वारा ‘स्पुतनिक २’ अन्तरिक्षमा प्रेषण (१९५७):  १९५७ नोभेम्बर ३ मा सोभियत संघले ‘स्पुतनिक २’  अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गर्‍यो। यो मानव इतिहासमै पहिलो पटक जीवित प्राणी ‘लाइका’ नामक कुकुरलाई अन्तरिक्षमा पुर्‍याउने मिसन थियो, जसले अन्तरिक्ष विज्ञानको इतिहासमा ठूलो फड्को मारेको थियो।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव (१९६४): १९६४ नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार लिन्ड्रोन बी. जोनसन अत्यधिक बहुमतका साथ राष्ट्रपतिमा विजयी भएका थिए। यो अमेरिकी इतिहासमा ठüलो मतान्तरले जितेको चुनावमध्ये एक मानिन्छ।

इरानको नयाँ संविधान अनुमोदन (१९७९) :  यसै दिन इरानको इस्लामिक गणतन्त्रको नयाँ संविधान आधिकारिक रूपमा अनुमोदन गरियो। सोही वर्ष इरानमा इस्लामिक क्रान्ति सम्पन्न भएपछि यसै दिन अमेरिकी दूतावास कब्जाको घटनासँग जोडिएका तनावहरूले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याएको थियो।

डोमिनिकन गणतन्त्रमा नागरिक युद्धको अन्त्य (१९६५): १९६५ नोभेम्बर ३ मा डोमिनिकन गणतन्त्रमा चलेको भीषण गृहयुद्ध र राजनीतिक अस्थिरतालाई समाप्त पार्न मध्यस्थता र सम्झौताका प्रयासहरूले पूर्णता पाउन थाले, जसले देशमा शान्ति बहालीका लागि मार्गप्रशस्त गर्‍यो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्