तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्न सर्वोच्चकाे आदेश

खबर बुक
  • ख-
  • ख+

ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्