मतदाताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहेका छन- प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन पछि मुलुकमा थप बाह्य तथा आन्तरिक लगानीको वातावरण बन्ने बताउनु भएकाे छ।

सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उहाँले सो कुरा बताउनु भएकाे हाे ।

नेता सिंहले हाल देखिएको अर्थतन्त्रको सङ्कट समाधान गर्नु निर्वाचन पछिको सरकारको मूल दायित्व रहने भन्दै थप लगानी मैत्री वातावरण बनाउनु काँग्रेसको दायित्व रहेको समेत उल्लेख गर्नु भयाे ।

अहिले मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको भन्दै यसमा नागरिकले विशेष रूपमा ध्यान पुराउनु पर्ने समेत उहाँले आग्रह गर्नु भयाे। अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गराउन केन्द्रित हुने भनाई रहेकाे छ ।

कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उहाँले  ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले बताउनु भयाे । जनताको चाहना पूरा गर्न आफूले प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नु भयाे ।

नेता सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्