कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीले गरेको आन्दोलन स्थगित

खबर बुक
  • ख-
  • ख+

जुम्ला, पुष ५ ।  जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलब भत्ता नपाएको विषयलाई लिएर भइरहेको आन्दोलन स्थगित भएको छ ।

उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि हिजोदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरेको आन्दोलनरत शिक्षक तथा कर्मचारीले बताएका छन् ।

प्रतिष्ठानका शिक्षक र कर्मचारीको स्तरवृद्धि र तलब भत्ताको विषयमा गएको भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियो ।

फैसला कार्यान्वयन नभएको भन्दै कर्मचारीले गएको कात्तिक २६ गतेदेखि विभिन्न दबावमूलक कार्यक्रम गरिरहेका थिए । माग सम्बोधन गर्नेे लिखित प्रतिबद्धता प्राप्त भएपछि आन्दोलन स्थगित गरेर कर्मचारीहरू नियमित काममा फर्किएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्