परराष्ट्र मन्त्री राणा उपचारका लागी जापान जाँदै , उतै बाट चीन भ्रमणमा जाने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ४ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा जापान जाने जानु हुने भएको छ । स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जान लाग्नु भएको हो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्री राणा मंसिर १० गते जापान जानेछिन्। त्यसको भोलिपल्ट जापानको अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी छ। परराष्ट्र मन्त्री राणा जापानबाटै मंसिर १४ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मंसिर १५ गते परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा जाँदैछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्