गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामाथि महानगरको डोजर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामाथि डोजर लगाएको छ ।

शुक्रबार महानगरको डोजरले सो क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको हो । अतिक्रमित संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपनि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलले जनाएको छ ।

अतिक्रमित संरचना हटाउन खोज्दा केहिले विरोध जनाएका थिए । अतिक्रमित संरचना हटाउने काममा अवरोध खोजेको भन्दै अभियन्ता सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएर गौशला प्रहरी वृतमा पुराएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्