माओवादीका केहि नेताहरुले पार्टीलाई पारिवारीक चंगोल बनाए- केपी ओली

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता ताडेको आरोप लगाउनुभएको छ । .

बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्ने नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाउनुभएको हो । पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केहि कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसंग लगेको उहाको भनाई छ । उहाले माओवादीका केहि नेताहरुले पार्टीलाई पारिवारीक चंगोल बनाएको तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै ओलीले एमालेले अघि बढाएको बिकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच बर्ष देश बनाएरै छाड्ने जिकिर गर्नुभयो । ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकोले एमाले सरकारले समृद्ध बनाउने दावी गर्नुभयो । यसपटकको निर्वाचनमा केहि सिटमा राप्रपासंग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्