सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो

खबर बुक
  • ख-
  • ख+

रास्वपा सभापति रवि लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताएका छन् ।

प्रथम महाधिवेशन उद्घाटन समारोहबाट लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन् ।

‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले भने, ‘झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’

सभापति लामिछानेले यस्तो घोषणा गर्दा सहभागीहरूले ताली बजाएका थिए ।

‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्,’ उनले भने, ‘म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्