मेटमणि चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, २३ कार्तिक

मधेसी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेशीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

चौधरीले मधेशी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्