![](https://khabarbook.com/wp-content/uploads/2022/08/accident1.jpg)
प्यूठान, २३ कात्तिक ।।प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।