बयलगाडामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

जनकपुर, २२ कात्तिक

महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ ।

युवक सवार भारतीय नम्बर प्लेटको बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो ।

उनको शव पोस्टमार्टमका लागि जलेर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्